समाचार

१७ अनलाइन बन्द गराउने काउन्सिलको निर्णयप्रति अनलाइन पत्रकार संघको’:आपत्ति

[mashshare]

१८ चैत, काठमाडौं । नेपाल प्रेस काउन्सिलको आग्रहमा १७ वटा अनलाइन सञ्चार माध्यम नेपालभित्र प्रकाशन/प्रशारण हुन नसक्ने बनाएकाेमा अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।

केही अनलाइन संचार माध्यमले ‘हुँदै नभएका कथा बुनेर, अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिने गरेको पाइएको’ भन्दै प्रेस काउन्सिलले ती संचार माध्यमलाई नेपालभर प्रकाशन/प्रशारण हुन नसक्ने गरी बन्द गराउन दूर सञ्चार प्राधिकरणमा पत्राचार गर्ने निर्णय गरेको थियो

        काउन्सिलको आग्रहपछि ती अनलाइन नेपालमा अहिले हेर्न नसकिने  ।

काउन्सिलको यो निर्णयबाट आश्चर्यचकित भएको भन्दै अनलाइन पत्रकार संघले काउन्सिललाई संविधान पढ्न सुझाव दिएको छ । ‘यो निर्याण गर्नुअघि नेपालको संविधान र त्यसले व्यवस्था गरेको विषय स्मरण गरिएको भए पनि यस्तो निर्णय गर्नु कति संबैधानिक हुन्थ्यो भन्ने थाहा हुने अनलाइन पत्रकार संघलाई लागेको छ’ संघले भनेको छ ।

संविधानको प्रस्तावनामा रहेको पूर्ण प्रेस स्वतन्त्रता भन्ने व्यवस्थाले संचार माध्यम बन्द गर्ने गराउने अधिकार प्रेस काउन्सिल वा अन्य कुनै पनि निकायलाई नदिएको संघले जनाएको छ ।

कानुनको वर्खिलाप हुने सामग्री प्रकाशन/प्रशारण गरेमा कानुनको व्यवस्था अनुसार कारबाही गर्न सकिने व्यवस्था हुँदाहुदै प्रेस काउन्सिलले प्रशासनिक र न्यायिक निकायको जस्तो व्यवहार गरी संचार माध्यम बन्द गर्न गराउन अग्रसर हुनु नेपालको प्रेस स्वतन्त्रता आन्दोलनकै लागि गम्भीर धक्का भएको संघले जनाएको छ ।

‘सम्भावित संक्रमण रोक्न सरकारले विशेष निर्णय गरेको मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार अनलाइन पत्रकार संघलाई सह्य छैन । कुनै पनि बहानामा अनलाइन संचार माध्यम बन्द गर्ने गराउने कार्यको अनलाइन पत्रकार संघ घोर निन्दा र भत्सना गर्दछ’ अध्यक्ष शिवप्रसाद सत्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close