समाचार

लकडाउन उल्लंघन१सय ३९ जना पक्राउ लकडाउन के हो ? कसको लागि बुझिसक्नु भएको छ:प्रहरी

[mashshare]

१५ चैत, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ ।

लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।

जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल भन्छन्, ‘अब सबैले लकडाउन के हो ? कसको लागि भन्ने बुझिसक्नु भएको छ । एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close