काठमाडौं। २५
काठमाडौँ क्षेत्र नं. ८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हलो चुनाव चिह्नका प्रतिनिधि सभा उम्मेदवार तथा रैथाने उम्मेदवार नवीन शाही लाई नेवा समुदायको बलियो समर्थन प्राप्त हुँदै गएको स्थानीयवासीहरूले बताएका छन्।
च्छोरोल्पा खबरसँग कुरा गर्दै स्थानीयले नेवा समुदायको रीति–रिवाज, धर्म, संस्कार र सांस्कृतिक मूल्यलाई गहिरोसँग बुझेका, सुख–दुःखमा साथ दिने र सालीन तथा भद्र स्वभावका नवीन शाहीले घरदैलो अभियानमार्फत जनताको मन जित्दै आएको बताए। यही कारण नेवा समुदाय रैथाने उम्मेदवार शाहीलाई नै विजयी गराउने पक्षमा एकताबद्ध देखिएको उनीहरूको भनाइ छ।
एक स्थानीयले भने, “नवीन शाही हामीलाई दुःख र विपत्तिको बेला समाजको खम्बा बनेर उभिने व्यक्ति हुन्। आगलागी, विपद् र सामाजिक संकटका बेला विभिन्न निकायसँग पहल गरेर राहत र सहयोग जुटाउने उहाँको भूमिका स्मरणीय छ।” स्थानीयका अनुसार शाहीको सामाजिक सेवामा अतुलनीय योगदान रहेको र त्यसले समुदायमा गहिरो भरोसा निर्माण गरेको छ।
काठमाडौँ क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठ समेत प्रतिस्पर्धामा रहे पनि खड्गी समाजलगायत नेवा समुदायको उल्लेखनीय समर्थन नवीन शाहीतर्फ देखिएको स्थानीयहरूले बताएका छन्।
स्थानीयस्तरमा जरा गाडेका, समुदायसँग निरन्तर संवादमा रहने र सामाजिक सेवाबाट परिचित प्रतिनिधि सभा उम्मेदवार भएकाले नवीन शाहीको चुनावी अभियानले गति लिँदै गएको र जनसमर्थन थप बलियो बन्दै गएको स्थानीयहरूको निष्कर्ष छ।
च्छोरोल्पा खबर
बन्दना आचार्य
