गत नोभेम्बर १७ र १८, २०२५ मा हिमालय कल्चर एकेडेमी, जैक्सन हाइट, न्युयोर्क र न्युह्यामसायर अमेरिका नेपलिज कम्युनिटी, अमेरिकाको आयोजनामा नेपालका लोकप्रिय जोड़ी गणेश-यशोदा पराजुलीको सांगीतिक साँझ भव्य रुपमा सपन्न भयो ।
न्युयोर्क र न्युह्यामसायरमा यी युगल जोड़ीले आफ़ना लोकप्रिय गीतहरू “दिन ढल्यो अधेरी रातमा, सुन माया जाँदैछु म टाडा, तिमीलाई अपनाउँ भनेर, लाग्दछ मलाई रमाइलो, के माग्छौ भनि कसैले सोधे, त्यो मुटुमा त मेरो सहित अन्य अग्रजहरूका गीत संगीतहरू प्रस्तुत गरिएका थिए ।
न्युयोर्क र न्युह्यामसायरमा आयोजित दुबै कार्यक्रममा दर्शकहरूको अनुरोधमा थप एक घंटा बढी गीतहरू गाएर युगल जोडीले दर्शकहरूलाई मंत्र मुग्ध पारेका थिए ।
दुबै स्थानमा सम्पन्न कार्यक्रममा आफ़नो अध्ययन सकेर अमेरिकालाई कर्मभूमि बनाई बस्नु भएकी पराजुली दम्पतीका छोरी गायिका निर्जला पराजुलीले पनि गीत गाएर श्रोताहरूको मन जीत्न सफल भइन ।
