सरकारको सतर्कता र तयारीले ठूला धनजन क्षतिबाट देश जोगिय
मौसमी पूर्वानुमान अनुसार समयमै कदम चाल्दै सरकारको सक्रियता नागरिकले अनुभूति गर
काठमाडौं ।
हालैको विपद् व्यवस्थापनमा सरकारले अपनाएको सतर्कता, समन्वय र तत्परताले ठूलो धनजन क्षति हुनबाट देश जोगिएको देखिएको छ। मौसम पूर्वानुमान विभागको निरन्तर सूचनाका आधारमा सरकारले समयमै निर्णय लिँदै जनतामाझ सूचना प्रवाह गरेको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र स्थानीय उद्धार टोलीहरूलाई स्ट्यान्डबाइमा राखिएको थियो भने निजी कम्पनीका हेलिकप्टरहरू पनि उद्धारका लागि तयारी अवस्थामा राखिएका थिए। कतिपय निजी कम्पनीहरूले त निशुल्क उद्धार सेवा उपलब्ध गराउने निर्णय समेत गरेका थिए।
विपद् व्यवस्थापनका क्रममा सरकारले सुरक्षा संयन्त्रदेखि स्थानीय सरकारसम्मको समन्वय मजबूत बनाएर कार्य गरेको छ। यसले जनतामा “सरकार जनताको लागि हो” भन्ने अनुभूति जागृत गराएको छ।
च्छोरोल्पा खबरसँग कुरा गर्दै एक सर्वसाधारण नागरिकले भने —
“हामीलाई अहिलेसम्म कुनै सरकारले यति चनाखो र जिम्मेवार ढङ्गले घरघरमा उद्धार टोली र सूचना अधिकारी पठाएको थिएन। यसपालि सरकारको कामले साँच्चै राहत अनुभव गर्यौं।”
सार्वजनिक धारणा अनुसार, यो पटकको सरकारी सक्रियता प्रशंसनीय र उदाहरणीय रहेको छ। यो घटना भविष्यमा पनि मौसमी पूर्वानुमान र सावधानीका उपायहरूलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिन्छ।
✍️ छोरोल्पा खबर | स्वतन्त्र पत्रकारिता, जनताको आवाज
