च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला र साहित्य समाचार

“कात्रोमा खल्ती” (अनाख्यान) कृति लोकार्पित

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) द्वारा आज आयोजित एक कार्यक्रममा सर्जक डा. सुमन कर्माचार्यको दोस्रो कृति “कात्रोमा खल्ती” (अनाख्यान) को लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व महासचिव वरिष्ठ नेता डा. शेखर कोइरालाले सो कृतिको लोकार्पण गर्नुभएको थियो ।

डालो रेस्टुरेन्ट (नयाँ), अनामनगर, काठमाडौंमा आयोजित सो कार्यक्रम संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको थियो । कार्यक्रममा अध्यक्ष लेकालीले स्वागत गर्दै संघको योगदानको चर्चा गर्नुभयो । उहाँले २०३८ सालमा संघले बी पी कोइरालाको अभिनदन गरेको स्मरण गर्दै कृतिकार डा. कर्माचार्यको साहित्यिक योगदानबारे बोल्नुभएको थियो।

कार्यक्रममा कृतिकार डा. सुमन कर्माचार्यलाई आयोजक संस्थाका तर्फबाट प्रमुख अतिथि डा. कोइरालाले सम्मान पनि गर्नुभएको थियो । कार्यक्रममा डा. कोइरालाले डा. सुमन कर्माचार्य प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भएको बताउँदै उहाँले गरीब दुखीहरूको स्वास्थ्योपचारमा दिनुभएको योगदान उल्लेखनीय भएको बताउनुभयो । डा. कोइरालाले वर्तमान राजनीतिक स्थितिप्रति चिन्ता व्यक्त गर्दै अहिले राज्य संन्यत्र बिचौलियाहरूले चलाइरहेको उल्लेख गर्नुभयो थियो।

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै डा. कर्माचार्यका रचनाहरूले पार्टी, सरकार र नेताहरूमा रहेका विकृति र विसङ्गतिहरूलाई स्पष्ट रूपमा देखाएको धारणा राख्नुभयो थियो।

यसैगरी कृतिका सम्पादक विमल भौकाजीले लेखक र आफू एउटै गाउँठाउँमा हुर्केको बताउँदै उनी बहुमुखी प्रतिभा भएको व्यक्ति रहेको बताउनुभयो थियो।

कार्यक्रममा कृतिकार डा. कर्माचार्यले बीपी, गणेशमान र किशुनजी आफ्नो आदर्श भएको बताउँदै आफूले सधैं त्यही आदर्श बोकेर अहिलेसम्मको यार्त्रा तय गरेको उल्लेख गर्नुभयो थियो।

अतिथिको आसनबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले आफ्नो विचारप्रति प्रतिबद्ध डा. कर्माचार्यजस्तो व्यक्ति अहिले पाउन गाह्रो भएको बताउँदै बधाई ज्ञापन गर्नुभयो थियो।

कवि एवं चर्चित सन्चारकर्मी ठाकुर बेलवासेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा अध्यक्ष लेकालीले प्रमुख अतिथि कोइराला, कथाकार भागीरथी श्रेष्ठ, वरिष्ठ समालोचक प्रमोद प्रधान, सम्पादक विमल भौकाजी, कवि एवं चर्चित सन्चारकर्मी ठाकुर बेलवासेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो थियो।

कार्यक्रममा साहित्यकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *