च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

राजनिती समाचार

श्रीमानको सपना पूरा गर्न राजनीतिमा आएँ:पासदिकी तामङ

उद्बब बिश्वकर्मा
नेपाली काङ्ग्रेस बागमती प्रदेश महिला बिभाग सदस्य पासदिकी तामाङ आफ्नो स्वर्गीय श्रीमान श्यामसुन्दर तामाङको सपनालाइ पुरा गर्न आफू राजनितीमा होमिएको बताएकी छन।
नेपाली काङ्ग्रेस दोलखा गौरीशंकर गाउँपालिका  काठमाडौंको सम्पर्क समिति गठन कार्यक्रममा बोल्दै उहाले स्वर्गीय श्यामसुन्दर तामाङले  गौरीशंकर गाउपालिकामा मात्र नभई दोलखा जिल्लामा भित्रनै राजनीति तथा महत्वपूर्ण समाजसेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको उहाले बताइन्।।
जिल्ला र पालिकामा बिकास निर्माणको काममा पनि उहाँको उत्तिकै भुमिका रहेको छ। तर कतिपय पार्टी सङ्गठन निर्माणको काम र समाज बिकासको काममा उहाँले बनाउदै गरेका योजनाहरु अधुरै रहेको ले त्यसैलाई आफुले पूरा गरेर अघि बढ्ने उनको भनाइ छ।
मेरो श्रीमान राजनीतिको क्षेत्रमा त्यो स्थानसम्म पुर्याउन आफ्नो ठूलो भुमिका रहेकोले गौरीशंकर गाउपालिकाको भूगोल र बस्तुस्थितिलाइ राम्रो सग बुझेको छु। समाज के हो र समाजको बिकास कसरी गर्नुपर्छ भनेर आफू राम्रो सग ज्ञान रहेको छ।
च्छोरोल्पा अन्लाईन खबर सग कुरा गर्दै गौरीशंकर गाउपालिका भित्र रहेका सबै जातजाती र समुदायको रहनसहन रितिरिवाज धर्मसास्कृतीलाई पहिचानको रुपमा बिकास गर्ने समेत बताएकी छन।
आउदो मङ्सिर १६ गत्ते हुने गौरीशंकर गाउपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसले पासदिकी तामाङलाई अघि सारेको छ भने ।उपाध्यक्ष श्यामसुन्दर तामाङ गत वर्ष हृदयघातको कारण निधन भएको थियो।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *