टेलिसिरियल र फिल्मका माध्यमबाट आफ्नो पहिचान बनाएकी कलाकार कोपिल थापा यतिबेला उपचारार्थ हुनुहुन्छ। कलाकार थापा केही समयअगि भारत, पन्जाबको पन्चकुलामा गाडी दुर्घटनामा पर्नु भएको थियो। थापाको मूल घर मोरङ सलकपुर हो।
उहाँसँगै कारमा रहनु भएकी रुपा थापाको मृत्यु भएको र अर्का नेपाली गोपाल घाइते हुनु भएको थियो।
कलाकार थापालाई ढाडमा गम्भीर चोट लागेको छ। दुर्घटनापछि चण्डीगढस्थित नेहरु अस्पतालमा उपचार भएको थियो। ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ भने कम्मरभन्दा मुनी शरीरको भाग नचलेकोले काठमाडौंमा थेरापी उपचार चलिरहेको छ।
वि. स. २०५३ मा अभिनय क्षेत्रमा प्रवेश गर्नु भएकी
कलाकार कोपिल थापाले ३ दर्जन बढी टेलिसिरियल र १ दर्जन बढी फिल्ममा अभिनय गर्नु भएको छ।
कलाकार कोपिला थापाले पहिलोपटक कालीगण्डकीको सेरोफेरो -टेलिसिरियलमा जेठी बहिनीको भूमिका निर्वाह गर्नु भएको थियो।

कलाकार थापाले बंस, मोड, करुणा, कसलाई आफ्नो भनुँ, पुष्पान्जली, प्रतिबन्ध, पथभ्रष्ट जस्ता टेलिसिरियल र अजम्बरी, नाता, माया बसेछ, मन्जरी र सम्बोधन जस्ता फिल्महरुमा अभिनय गर्नु गर्नु भएको छ।
बहुचर्चित नायक नीर शाहसित २०५३ सालमा “आफ्नो बिरानो” फिल्ममा अभिनय गर्नु भएकी कलाकार थापाको पछिल्लो चर्चित फिल्म भने “महापुरुष” हो।
नेपाली फिल्म “महापुरुष”मा चरित्र अभिनेत्रीको अभिनय गरेकी थिइन् । उक्त फिल्ममा मदनकृष्ण श्रेष्ठको श्रीमतीको भूमिकामा अभिनय गरेकी थिइन् ।

कलाकार थापाले वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नायकहरु सिमान्त उदास, राजेश हमाल, प्रशान्त ताम्राकार,आर एन सिग्देल, श्रीकृष्ण श्रेष्ठ तथा नायिकाहरु गौरी मल्ल, रेखा थापा, मिथिला शर्मा, निरुता सिंह, संचिता लुइँटेल,मेलिना मानन्धर लगायतसंग अभिनय गर्नु भएको छ।










