समाचार

नेपाली सेनाद्वारा आयोजित “बृहत प्रदर्शनी” सम्पन्‍न

[mashshare]

काठमाडौँ, ३ फागुन । “महाशिवरात्री तथा सेना दिवस २०७६” को अवसरमा नेपाली सेनाद्वारा २०७६ फाल्गुन १ गतेदेखि जंगी अड्डामा आयोजना गरिएको निःशुल्क “बृहत प्रदर्शनी” को २०७६ फाल्गुन ३ गते सम्पन्‍न भएको छ ।

नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानलाई समेटेर विगतदेखि वर्तमानसम्म गरेको उल्लेखनीय कार्यहरु, सेनाको विभिन्न उपकरण, पोशाक तथा सामग्रीहरुको फोटो प्रदर्शनीमार्फत आमजनमानसमा विशेष गरी युवावर्ग, विद्यार्थी, बालबालिकाहरुलाई नेपाली सेनालाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले निःशुल्क “बृहत प्रदर्शनी” को आयोजना गरिएको सेनाले बताएकाे छ ।

नेपाली सेना इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित उक्त प्रदर्शनी अवलोकनको लागि उपत्यका भित्रका विद्यालयहरुका, आम नेपाली जनता, पर्यटक तथा अन्य विदेशी नागरिकहरुका लागि समेत खुला गरिएको थियो ।

नेपाली सेनाको विविध गतिविधिहरु समावेश गरि आयोजना गरिएको उक्त प्रदर्शनीमा जम्मा २३ वटा स्टल रहेको थियो । उक्त प्रदर्शनीमा मिति २०७६ फाल्गुन १ गतेदेखि ऐ.३ गतेसम्म जम्मा १३३७३ (तेह्र हजार तीन सय त्रिहत्तर) जनाले अवलोकन गरेका छन् ।

यस प्रकारको प्रदर्शनीमार्फत जनमानसमा विशेषगरी युवावर्ग, विद्यार्थी, बालबालिकाहरुद्वारा नेपाली सेनालाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएको विश्वास नेपाली सेनाले लिएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close