नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी मकवानपुरको हेटौडा राख्न दिएको निर्देशन संविधान र प्रदेश सभाको अधिकार विपरित भएको कुरा जतासुकै चर्चा भैरहेको छ ! देशमा भएका ठुला ठुला राजनीतिक आन्दोलन र संघर्षको परिणाम स्वरुप देशको संबिधानमा संघियता अंकित छ ! तर प्रदेश सरकारले बनाएको कार्यदललाई समेत लत्याएर जिम्मावाल शैलीमा आएका हुकुम जनताका जनप्रतिनिधि कसको पक्षमा लड्ने भन्ने शंका उत्पन्न भएको छ ! प्रदेश राजधानी काभ्रे या भक्तपुर आसपास हुनका निम्ति हामी निम्न कुराहरुको ध्यान दिनु हुन सबिनय अनुरोध गर्दछौ
प्रदेशको राजधानीमा सबै पूर्वाधार चाहिन्छ । विश्वविद्यालय, अस्पताल, ठूला राजमार्ग र होटलहरु । काभ्रेमा यी सबै पूर्वाधार छन् । हामीसँग काठमाडौं विश्वविद्यालय छ । धुलिखेल अस्पताल छ । अरनिको राजमार्ग र वीपी राजमार्ग यहीँबाट जान्छन् । काभ्रे निजगढ द्रतमार्गमा जोडीदैछ । यो प्रदेशका १३ मध्ये ११ जिल्लाको सहज पहुँच काभ्रेसँग छ । ३ घण्टादेखि ४ घण्टाको दूरीमा ती जिल्लाहरुबाट आवत–जावत गर्न सकिन्छ । आइटी पार्कमा प्रदेशका सबै संरचना अटाउने तयारी पूर्वाधार छन् ।
कामठाडौं विश्वविद्यालयमा ३५ सय मान्छे अट्ने सभाहल बन्दैछ । एकैपटक २ हजार मान्छे आए पनि सहज सेवा दिन सकिने पूर्वाधार छन् । ५२ वटा रिसोर्ट र एउटा पाँचतारे होटल धुलिखेलमा छन् । अरु दुईटा पाँचतारे होटल धुलिखेलमा बन्दैछन् । २. प्रदेशको राजधानी भनेको सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ । संघीय राजधानीसमेत भएको भएको हुनाले यो प्रदेशको राजधानी काभ्रे नै उपयुक्त हुन्छ । अधिकांश यस प्रदेशका मान्छेको उठबस र बसोबास आफ्नो जिल्ला बाहेक काठमाडौं उपत्यकामा छ ।
प्रदेश सभाका सदस्यहरु अहिले हेटौंडामा बस्न सक्दैनन् । सबैका परिवार यतै छन् । उपत्यकाका प्रदेश सभा सदस्यको संख्या सबैभन्दा बढी छ । सबैको सहज आवतजावत पनि काभ्रे नै हुन्छ । हावापानी पनि काभ्रेको राम्रो छ । विदेश पर्यटकको समेत गन्तव्य हो काभ्रे । ३. हामीले अबको १० वर्षपछिको पनि विचार गर्नुपर्छ । हाम्रो विकासको रफ्तार र जनसंख्या बढदै जाँदा राजधानीको क्षेत्र विस्तार गर्नुपर्ने हुन्छ । त्यो जमिनको उपलब्धता काभ्रेमा छ ।
- भोलिका चुनौति सामना गर्न सक्ने सबै पूर्वाधार काभ्रेसँग तयारी अवस्थामा छन् । खानेपानीको समस्या अझै ५० वर्षसम्म काभ्रेमा हुँदैन । खेलमैदान ५ वटा छन् । यी सबै कुरामा ध्यान नदिने हो भने राजधानीमा ध्यान खिच्ने अधिकारमा सिमा मिच्ने प्रवित्तिको जनताले भण्डाफोर गर्ने छन् !
