२०७८ साउन ८ गते ( शुक्रबार)-मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णालि र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis)
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १,प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
copy-नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति:२०७८-०४-०७ साझँ ६:०० बजे
