मुख्य समाचारसमाचार

माओवादी केन्द्र समाजवादीको पार्टीको ९ औं महाधिवेशन फागुन पहिलो सातामा

माओवादी केन्द्र समाजवादीको पार्टीको ९ औं महाधिवेशन फागुन पहिलो सातामा

[mashshare]

काठमाडौँ — कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीको नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘वस्तुगत अवस्थाका कारण हाम्रो पार्टीको नाम परिवर्तन गर्नुपर्ने भएकै कारण नेकपा (माओवादी केन्द्र) बाट नेकपा (माओवादी केन्द्र समाजवादी) नामकरण गर्ने निर्णय भयो,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

साउन ४ देखि ६ गतेसम्म बसेको बैठकले पार्टीको ९ औं महाधिवशन २०७८ फागुन माओवादी केन्द्र समाजवादीको पार्टीको ९ औं महाधिवेशन फागुन पहिलो सातामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजीत बुढाथोकीले जानकारी दिए । बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने, माओवादी पार्टी र शक्तिसँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पुर्‍याउने निर्णय पनि गरेको अध्यक्ष बुढाथोकीले जनाए ।

उनले दुई तिहाई प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदूरदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गरे । त्यस्तै ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौं’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका महत्वपूर्ण सवालहरुमा जनसंर्घषका कार्यक्रम, कोभिड–१९ को महामारी, प्राकृतिक विपत्तिको समयमा जनसेवा, राहत वितरण, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा भावी दिनमा पनि यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरिएको छ ।

कार्यक्रममा पार्टीका उपाध्यक्षहरु रंगनाथ ढकाल, विनोद उपाध्याय, महासचिव नरेश शाही, सचिव अरुण घिसिङ, मेखबहादुर खत्री, सिर्जन विक, प्रदेश ५ का संयोजक ध्रुव सत्याल, प्रदेश २ का अध्यक्ष बृद्धि विलासलगायतको उपस्थिति थियो ।

 

उक्त सम्पूर्ण न्युज जस्ताको तस्तै साभार गरिएको छ।

Kantipur Daily

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close