काठमाण्डाै – भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा १९ जना घाइते भएका छन् । हिजोदेखि सुरु भएको बिस्का अर्थात् बिस्केट जात्रामा भैरबको रथलाई तान्ने क्रममा रथबाट झर्दा, रथ तान्ने क्रममा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका हुन् ।
रथलाई तान्ने क्रममा ढुङगा हानाहान भएपछि रथलाई आज बिहान मात्रै गःहिटी पुर्याइएको छ । आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने क्रममा घाइते भएकाको अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । रथबाट खसेर २६ वर्षका दिपेश साँगाछें ७९ वर्षीय कृष्णगोपाल मुलगुठी घाइते भएका छन् ।
त्यस्तै रथ तान्ने क्रममा मनिष सिन्ताकल, रमेश माता, अमिक त्वायना, सुनिल भुजेल घाइते भएको प्रहरीले जानकारी दिएको छ । अरु घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत उपचारपछि घर फर्किएका छन् । राती ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेको केहि घाइते भएका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
