अर्जुन गिरि-बागलुङ
चैत, २८ काठमाडौं शुक्रबार दिउसो भएको आगलागीबाट बागलुङ निसीखोला -४ ओख्रेनीका ५५ वर्षीय नर बहादुर घिमिरेको घर र गोठ तथा ३५ वर्षीय प्रेम घिमिरेको घरमा जलेर क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार नर बहादुरको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर तथा खरको छानो भएको कच्ची गोठ र प्रेमको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा आगलागी भएको बताउनु भएको हो।
स्थानीय ५० वर्षीय डिल्लीराज आचार्यले आफ्नै बारीमा सुकेको काँडा र पातहरू जलाउने क्रममा हावाले उडाउँदा दुई सय मिटर माथि रहेका घर तथा गोठमा आगलागी भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले उल्लेख गर्नुभयो | आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
