सातोमी बज्राचार्य
चैत २१ काठमाडौं ,राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाईआज भेट्न उनकै निवास डल्लुमा पुगनु भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारी खनालबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
‘इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले त्यहीबेला एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटघाट गरौं भनेर हो भेट भएको’, स्रोतले बताएको छ।पछिल्लो समय एमालेभित्रै विवाद भइरहेको बेला राष्ट्रपतिले खनाललाई भेट्नु अर्थपूर्ण रहेको सबैको बुझाइ छ।
