मङ्सिर २ , काठमाडौं । देउसी भैलो खेलेको रकमले ललितपुरको महालक्ष्मी नगरपालिकाका युवाहरुले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । स्थानीय महालक्ष्मी नगरपालिका– ४मा रहेको स्वस्तिक टोल विकास संस्था इमाडोलको आयोजनामा शनिवार निः शुल्क स्वास्थ्य शिविर तथा तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर तथा प्रेरणा डाइग्नोष्टिक एण्ड डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आयोजित शिविरमा १५० भन्दा बढीको उच्चरक्तचाप,सुगर,जनरल फिजिसियन,दन्तपरिक्षण गरिएको थियो । यसैगरी सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको स्वस्तिक टोल विकास संस्थाका अध्यक्ष प्रेम पन्तले बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं महालक्ष्मी नगरपालिका–४का वडाध्यक्ष लक्ष्मण रोकाले देउसी भैलो खेलेर भएपनि संकलित रकमले सामाजिक सेवाका काम गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा सामाजिक कार्यमा साथ र सहयोग गर्न नगरपालिका तयार भएको बताए ।https://www.youtube.com/watch?v=tBFeJH73e1I
