काठमाण्डौ – कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।
गएराति बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट उपचारका क्रममा पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ज्यान गुमाउने पैदलयात्रीको परिचय खुल्न सकेको छैन । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो।
टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
