gjlgo'Qm >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL rf}w/L sf7df8f}F, !@ k''; M gjlgo'Qm >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL uf}/Lzªs/ rf}w/L dGqfnodf cfOtaf/ sfo{ef/ ;dfNg] qmddf ;~rf/sdL{;Fu ;+lIfKt s'/fsfgL ub}{ . tl:a/ M /Tg >]i7÷/f;;
पुस,१३ काठमाडौँ नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताए ।
मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए ।
“कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने। मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए ।
वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन लागिपर्ने जनाए । उनले मन्त्रालयबाट सम्पादन हुँदै आएका कामकारवाही र अब गर्नुपर्ने कामका बारेमा छलफल गरेर अगाडि बढ्ने बताए । “अहिलेसम्म मन्त्रालय कसरी अगाडि बढिरहेको छ, विगतको अभ्यासलाई समीक्षा गरेर अगाडि बढ्छु”, उनले भने।
वैदेशिक रोजगारीमा देखिएको ठगी नियन्त्रण गर्न आफू खरोरुपमा उत्रने बताउँदै भने, “बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिनु हुँदैन भन्ने मेरो मान्यता छ ।” वैदेशिक रोजगार व्यवसायीले पनि पारदर्शीरुपमा काम गर्नुपर्नेमा जोड दिए ।
