रमिला योन्जन
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच खुमलटारमा आज भएको भेटवार्ता पनि सवाल जवाफमै सिमित भयो ।
अध्यक्षद्धय बिच लगभग ३५ मिनेट एक्लाएक्लै भएको वार्तामा दुवै अध्यक्षले पूर्ववत अडान नछोडेपछि विवाद जस्ताको तस्तै रहेको छ ।
आज बिहान ११ बजे प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । उक्त भेटवार्ताको क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले सम्वाद सुरु गर्दै नेकपा ठूलो त्याग, तपस्या र बलिवादनबाट बनेको पार्टी भएकाले हरहालतमा फुटबाट जोगाउनुपर्ने धारणा राख्नुभएको थियो ।
नेकपा पार्टी तपाईं हामी सबैको त्याग, तपस्या र बलिदानबाट बनेको हो, धेरै जनता र नेता कार्यकर्ताको भरोसा पनि छ । त्यसकारण पार्टी एकतालाई मजबुुत बनाउनुपर्ने जिम्मेवारी हामीममा छ । त्यसै भताभुंग हुन दिनुहुँदैन,’ प्रचण्डले कुराकानीका क्रममा भन्नु भयो , ‘यसले कसैको पनि भलो हुदैन ।
प्रचण्डले आफ्ना भनाइ राखेपछि बोलेका ओलीले ‘पार्टी एकता कायम राख्ने हो, तर त्यो गर्न पहिला तपाईंले ममाथि लगाएको आरोपपत्र फिर्ता गर्नुस भन्दै प्रचण्डलाई आग्रह गर्नुभयो ।
आलीको अग्रहकोे जवाफमा प्रचण्डल भन्नुभयो त्यो अभियोगपत्र नभएको भन्दै दस्तावेजका रुपमा आएको स्मरण गराउनुभयो ।
आरोपपत्र वा अभियोपत्र जे भन्दै हुनुहुन्छ त्यसो होइन, त्यो त पार्टीको दस्तावेज भइसक्यो र अब मैले फिर्ता लिएर पनि फिर्ता हुदैन’, प्रधानमन्त्रि ओलीलाई प्रचण्डले जवाफ दिनुभयो ।
उहाँले उक्त प्रस्ताव ओलीकै कारण आएको पनि दोहोर्याउनु भएको थियो ।
तपाईंले गर्दा नै त्यो प्रस्ताव आएको हो । बरु पार्टी कमिटीमा पुगिसकेकाले त्यो प्रस्ताव त्यही छलफल गरेर जे गर्दा उचित हुन्छ त्यही गरौँला’, प्रचण्डले प्रधानमन्त्रि ओलीलाई आस्वस्त पार्ने प्रयास गर्नुभएको थियो ।
पार्टी कमिटीले जे निर्णय गर्छ त्यो स्वीकार गरौला कमिटिले फिर्ता लिनु भन्यो भने त्यहीँ लिउँला,’ प्रचण्डले यति भनेपछि ओलीले मुड बदल्नुभएको थियो ।
ओली र दाहालबीचको सवाल जवाफ चल्दै गर्दा उपाध्यक्ष वामदेव गौतम पनि पुग्नुभएको थियो ।
गौतम भने दुई नेताको सवालजवाफ सुनेर बस्नुभएको थियो ।
ओलीको प्रस्ताव फिर्ता लिनुपर्ने आग्रहलाई प्रचण्डले अस्वीकार गरेपछि ओली ‘पहिला प्रस्ताव फिर्ता नलिने भए केही पनि हुन्न’ भन्दै उठेर हिँडनुभएको थियो । खुमलटारबाट निस्केपछि प्रधानमन्त्रि ओली सचिवालय सदस्य रामबहादुर थापा वादललाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुग्नुभएको थियो ।
नेकपाको स्थायी समिति बैठक पुस ५ गते आइतबार बस्दैछ ।उक्त बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने कार्यसूची छ । तर यही विचमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश संशोधन गरेर आफुअनुकुलका नियुक्तीहरु गर्न बाटो खोल्नु भएको थियो ।
उक्त बिषयमा पार्टीभित्र र बाहिरसमेत चर्को विरोध भइरहेको छ । अध्यादेश फिर्ता गर्न बुधबार बसेको बैठकले निर्देशन गरेपनि ओलीले अझै फिर्ता गर्नुभएको छैन । अध्यादेश फिर्ता नगरे प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुह पुनः संसदको विशेष महाधिवेसन माग गर्ने तयारीमा छन ।
