मुख्य समाचारसमाचार
[mashshare]
संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङ आज गृह जिल्ला दोलखा
संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङ आज गृह जिल्ला दोलखा

संचार मन्त्री पार्वत गुरुङ आज बिहान गृह जिल्ला दोलखा पुग्नु भएको छ।
संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङले उत्तर दक्षिण लोकमार्गअन्तर्गत लामाबगर लप्चि सडक खण्डको निर्माण कार्य चाडै सुरु हुने बताउनु भएको छ।
दोलखाको भीमेश्वर नगरपालिका स्थित निर्माणाधिन भीमेश्वर रंगशालाको शिलान्यास गर्दै मन्त्री गुरुङले बताउनु भएको हो।
आज सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा बोल्दै लामाबगरदेखि लप्चिसम्ममा जोडने सडक अन्तर्गत सुरुङ निर्माणको लागी माघ महिना भित्रै बोलपत्र आव्हान हुने सामेत बताउनु भएको छ।
पहाड छिचोलेर सडक निर्माणको लागि नेपाल सरकारले समेत पहिलो प्राथमिकतामा राखेको बताउउदै आज भीमेश्वर नगरपालिकाको आवधिक योजन पुस्तिकाको बिमोचन समेत गर्नु भएको थियो ।