रमिला योञ्जन
महिला भएकै कारण उनिमाथि गरिएको शारिरीक, मानसिक यौन शोषण, दमन, यातना र अमानविय व्यवहार जातिय दुर्व्यवहार गर्नु नै महिला हिंसा हो ।
समाजमा घरेलु हिंसालाई सामान्य घरेलु समस्याका रुपमा लिने गरेको पाईन्छ तर महिला माथि हुने विभिन्न घरेलु हिंसा पनि एक जघनीय अपराध हो । यसकारण पनि महिला हिंसा बढ्दो क्रम छ । पुरातनवादी संस्कार र रहनसहनको कारण मानवबीच उत्पन्न भएको असभ्यताले पनि महिलाहरुलाई हिंसातिर धकेली रहेको हुन्छ ।
महिलाहरुमा आत्मा जागरण अनि आफ्नो आत्मबल र आफूलाई चिन्ने क्षमता प्रति दृढ विश्वासको कमि भएरपनि अधिकांस महिलाहरु परर्निभर छन् । महिला महिला बीचको शत्रुता एक नारीले अर्कोको नारी आत्मसक्षम भएको देख्दा हौसला दिई अगाडि बढ्न प्रेरित गर्नुको सट्टा फलानी यस्ती, उस्ती घर बाहिर काम गर्न गई भन्दै कुरा काटि विभिन्न लान्छना लगाई खुट्टा तान्ने प्रबृत्तिको कारण पनि सक्षम महिलाहरुको मानसिक र बौद्धिक क्षमतामा असर परि कमजोर बन्दछन् ।
गत ६ वर्ष अगाडि समाजमा हुने गरेको महिला हिंसाको विरोध गर्दै अकुपाई बालवाटार कार्यक्रम ६९ दिनसम्म संचालन गरेको थियो । अकुपाई बालवाटारबाट थालिएको हिंसा विरोधको कार्यक्रमले खासै ठूलो सफलता हात पार्न सकेन । तर केहि परिवर्तन भने अवश्य भएको छ ।
महिला हिंसाको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने गत असार महिनाबाट असोज महिना सम्ममा १८० महिला हिंसाका घट्ना आएको र जस मध्ये घरेलु हिंसा ७५ प्रतिशत कुटपिट २८ प्रतिशत बलत्कार र बालविवाह जातिय दुर्व्यवहार, बहुविवाह सम्बन्ध विच्छेदलगायत ९४ प्रतिशत घट्नाहरु रहेका छन् ।
उक्त तथ्याङ्क हेर्दा पनि महिला हिंसाको मुद्दाहरुमा घरेलु हिंसाद्वारा पीडित महिलाको नै संख्या नै बढी देखिन्छ । प्रायः जसो महिलाहरु श्रीमान द्वारा नै पीडित हुन्छन् । श्रीमतीलाई अपशब्द प्रयोग गर्नु तथा अपमान जनक व्यवहार गर्न पनि हिंसा हो । जस्तै बहुविवाह गरेका, खाना लगाउन नदिएका, सामान्य विवादमा कुटपिट गरेका म चाहिँ पुरुष हुँ म ठूलो मैले घरको काम गर्न हुन्न भन्ने सोचका कारण पनि घरेलु हिंसा भएको हो ।
महिला हिंसाको अन्त्य तथा न्यूनिकरण गर्नको लागि ठूला ठूला आन्दोलन हैन सामाजिक सोच र पुरुषवादको सोचमा परिर्वतन ल्याउन आवश्यक छ । पुरुष भएर होइन परिवारको एउटा सदस्य भएर सोच्ने हो भने घरेलु हिंसा न्यूनिकरण मात्र हैन अन्त्य अवश्य हुने छ ।
