नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बन्दुकको नालबाट निक्लेका छर्राले अब कुनै क्रान्ति नहुने बताएका छन् ।
न्याय सिकाउने एउटा शिक्षक दिन दहाडै मारिन्छ मार्नेहरु हत्या गरेर बहादुरी देखाउदै क्रान्तिपो भयो भन्छन् ।भन्दै केन्द्रीय सदस्य पौडेलले मोरङमा नेत्र विक्रम चन्द विप्लव समूहले शिक्षकको हत्या गरेको प्रति आपत्ती जनाएका छन् ।
उनले ट्वीटरमा टिप्पणी गर्दै क्रान्ति हुन विचारको लडाइँ चाहिने पनि बताएका छन् । हिजो हजारौं निर्दोषको ज्यान लिएर आज सत्तासीनहरुलाई हेर के यही हो क्रान्ति भन्दै प्रश्न समेत गरेका छन् ।

