रमिला योञ्जन
प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंसिर २९ गते देश व्यापीरुपमा ७७ वटै जिल्ला सदरमुकाममा शत्तारुढ दल नेकपा सरकारको बिरुद्धमा बिरोध प्रर्दशन गर्ने भएको छ । उक्त विरोध प्रदर्शन कार्यक्रमा अनिबार्य सहभागिता जनाउन आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेको छ।
नेपका सरकारले लोकतन्त्र बिरोधी हर्कत गरेको भन्दै कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीका बारेमा छलफल गर्दै सबै कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो ।
कोरोना नियन्त्रण र संक्रमित बिरामीको उपचारमा समेत सरकारद्धारा देखाएको उदासिनियता तथा कोरोना जाँचको निम्ती अस्पतालमा अति आबश्क स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार काण्ड,गरेको वेथिति, सर्बशत्ताबादी प्रवृत्तिको विरुद्धमा विरोध प्रदर्शन गर्न लागेको हो ।
कोरोनाको महामारी चलिरहेको बेला सरकारले कोरोनाको महामारीतर्फ गम्भिता देखाएको छैन । कोरोना सक्रमित बिरामी अस्पतालमा बेड , भेन्टिलेटरमा ,स्वास्थ सामग्री नपाएर छटपटिरहेका वेलामा सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ ।
त्यसैले, हामी २९ गते प्रदर्शन गर्दै छौँ । दोलखा कांग्रेसले पनि उक्त दिन विहान ११।०० वजे चरिकोटको सातदोवाटोमा विरोध प्रदर्शनको आयोजना गरेको भन्दै जिल्ला सभापति रुद्र खड्काले सामाजिक सन्जालमा लेख्नुभएको छ ।
दोलखा काग्रेश सभापति खड्काले नेकपा सरकार बनेपछि बढिरहेको भ्रटाचारका विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने जनाउनु भएको छ ।सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको छ ।
प्रदेश क्षेत्र १ क र ख का सभापतिहरु, नगर तथा गाउँपालिका सभापतिहरु, वडा सभापतिहरुले आफु मातहतका पदाधिकारीर सदस्यहरु, भातृ एवं शुभेच्छुक संघ सस्था,र कृयाशिल सदस्यहरु, न्याय प्रेमी सम्पुर्ण दोलखा बासिहरुलाई उपस्थित हुन सभापति खड्काले सामाजिक सन्जाल मार्फत हार्दिक अनुरोध गर्नुभएको छ ।

