बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहिबार राति साढे १० बजेतिर खोड्पे बजार नजिक बस सडकबाट करिब पाँच सय मिटर तल खसी दुर्घटना भएको हो। दुर्घटनामा परि ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने र १ जना घाइते भएकाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यलय बैतडीका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ । दुर्घटनामा परि ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।बाटो पक्की भए पनि घुमाउरो बाटोमा चालकले सन्तुलन गुमाएकाले दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
source-ok
