नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् |गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा आज काठमाडौँको एक कार्यक्रममा नेता सिंहले कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएकाे भन्दै सिंहले सरकारकाे आलाेचना गरेका छन् ।दुई तिहाइको बहुमत पाएको नेकपाको सरकारले अस्थीरता बाहेक के दिन सकेको छ पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्याे अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेड अनुसार नेकपा अगाडि नबढिरहेको सिंहल बताए ।
भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीकै पार्टीका नेताहरु घोटालामा संलग्न भएको सिंहले बताए। ”बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्ड, यस्ता भ्रष्टाचारै भ्रष्टाचार गरिरहेको छ,प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्छ तर उहाँहरुकै पार्टीका नेताहरु संलग्न भएको घोटालामा उहाँले के गर्नु भएको छ” सिंहले बताए।
