नेपालि कांग्रेस शैलुङ गाउँपालिकाको मागपत्र बुझ्दै शैलुङ गाउँपालिकाको अध्यक्ष भरत प्रसाद दुलाल
दोलखाको नेपालि कांग्रेस शैलुङ गाउँपालिकाले शैलुङ गाउँपालिकाको अध्यक्ष भरत प्रसाद दुलाल लाइ ६ बुंदे मागपत्र बुझाएको छ। जनताको अभिलाषालाइ केन्द्रमा राखरे आफ्नो आवाज उठान गरेको जनाउदै आफ्नो ६ बुंदे माग पत्र कत्तिक २१ ,शुक्रबार गाउँपालिका कार्यालयमा अधक्ष्य को राजिनामा माग्दै अध्यक्ष दुलाल समक्ष मागपत्र बुझाएको हो।
नेपालि कांग्रेस शैलुङ गाउँपालिकाले ,शैलुंग गाउँपालिका अध्यक्ष दुलालको बारेमा सामाजिक संजाल ,अनलाइन पोर्टलहरु तथा समाचारहरु मार्फत एक महिला संग नग्न तस्बिर सहित अश्लिल संवाद गरेको भनि प्रकासित ,प्रसारित सामाग्रिहरु सार्बजनिक भएपछी उनको पार्टी नेकपाले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको थियो। युवती संग अश्लिल कुरा गर्दै भिभिन्न अंगको फोटो मागेको म्यासेज सामाजिक संजाल तथा समाचार प्रकाशन भए संगै अध्यक्ष दुलालले आफ्नो बचाउ गर्दै फेसबुक ह्याक भएको दाबि समेत गरेका थिए।
त्यस्तै नेपालि कांग्रेस शैलुङले हाल विश्वभर माहामारी फैलिएको कोभिड ,सवारीसाधन तथा व्यवसायमा चर्को कर असुली ,कोभिड ब्यबस्थापन मा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्तामा विभेद लगाएतका बिषयमा आफ्नो माग पुरा गर्न आग्रह गरेको छ।
नेपालि कांग्रेस शैलुङ गाउँपालिकाले , शैलुङ गाउँपालिका लाइ राखेका ६ बुंदे मागहरु –
१. शैलुङ गाउँपालिका अध्यक्ष ज्यु को बिभिन्न सामाजिक संजाल ,अनलाइन पोर्टल हरु तथा समाचारहरु मार्फत एक महिला संग नग्न तस्बिर सहित अश्लिल संवाद गरेको भनि प्रकासित ,प्रसारित सामाग्रिहरुले ध्यानाकर्षण गरेको छ। गाउँपालिका अध्यक्ष जस्ती गरिमामय पदमा रहेको व्यक्ति को यस्तो अनैतिक कार्य बाहिर आउँदा सार्बजनिक व्यक्तिको नैतिक आचरणको बिपरित भएको कारण गाउँपालिकाको गरिमा बचाउन ,जनमतको कदर गर्न तथा सो कुराको निष्पक्ष छानबिनको लागि सहयोग पुर्याउन तत्काल गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिनको लागि अनुरोध गर्दछौ। सार्बजनिक व्यक्ति तथा निकायको नैतिकताको पक्षमा साथै गाउँपालिकाको गरिमा बचाउन नेपालि कांग्रेस सदैब प्रतिबद्द रहेको जानकारी गराउदै निर्लज्जतापूर्वक पदमा रहने हो भने नेपालि कांगेस चरणबद्द आन्दोलन गर्न बाध्य हुनेछ।
२. जनताको सेवा सुबिधा बढाउने कुरालाई बेवास्था गरेर अहिले जनता माथिनै महँगो करको भार थोपर्ने कार्य भएको छ। कोभिड संक्रमणको त्रासमा ब्यबसाय डामाडोल भैरहेको बेला उनीहरुको स्थिति सुधारको लागि गाउँपालिका ले राहतको कार्यक्रम ल्याउनुपर्नेमा उल्टै घर तथा व्यवसायमा चर्को कर लगायर झन् मार पारेको छ। सो अबैज्ञानिक कर फिर्ता गरि ब्यबहारिक कर लागु गरियोस ।
३ .लामो समयसम्म बन्द भएर घाटा व्यहोरिरहेका मालसामान ढुवानी गर्ने सवारीसाधन हरुमा चर्को कर अशुली रहेको छ। एकातर्फ सडकको दुरावस्था अर्कोतिर कर बढ्नु निकै अप्राकृतिक भएको कारण सवारीसाधनमा लगाइएको कर तत्काल घटाइयोस।
४. कोभिड नियन्त्रणका नाममा लाखौ रकम खर्चिय पनि अहिले सम्म शैलुङ गाउँपालिकामा भरपर्दो क्वारेन्टाइनहरु तयार गरिएका छैनन। परिक्षणमा जनताको पहुँच छैन। अहिले सम्म कोभिड लक्षित अस्पताल तोकिएको छैन जसका कारण जोखिमका गम्भीर सम्भावना रहिरहेको छ। केहि तयारी छैन भने लाखौ रकम किन खर्चिएको हो ? त्यसको स्पष्ट हिसाबकिताब जनतालाई देखाइयोस।
५. कोभिड संक्रमण बाट बच्न अहोरात्र खटिएका कर्मचारी हरुलाई प्रोत्साहन भत्तामा गरिएको बिभेद बन्द गरियोस।
६ .शैलुङ गाउँपालिकाका बजेट सम्बन्धि योजना सोहि क्षेत्रमा खर्च गरिएको छ कि छैन ?तिनीहरुको प्रगति बिबरण के कस्तो छ ?तत्काल सार्बजनिक सुनुवाई आयोजना गरियोस।
यी मागहरु पुरा नभए नेपालि कांग्रेस शैलुङ गाउँपालिकाले आन्दोलन गर्ने र त्यसको जिम्मेवारी गाउँपालिका ले लिनुपर्ने समेत जनाएको छ।
शैलुङ गाउँपालिका ले बुझाएको मागपत्र –

