photo-ratopati
चितवन राष्ट्रिय निकुञ्जमा असोज २७ (सोमबार) भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका अनुसार निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गतको त्रिवेणी क्षेत्रको विनय त्रिवेणी गाउँपालिका स्थित भेलौजी कठौनामा नारायणी नदीको किनारमा अन्दाजी ३०-३५ वर्षको गैंडा मृत अवस्थामा फेला परेको हो ।
गैंडा कुहिएको अवस्थामा भेटिएकाले करिब एक महिना अगाडि मरेको अनुमान गरिएको निकुञ्जले जानकारी दिएको छ ।
उक्त गैंडा अर्को भाले गैंडासँग जुधेर घाइते भइ मरेको हुनसक्ने अनुमान गरिएको छ । निकुञ्जका अनुसार गैंडाको खाग र खुर सुरक्षित रहेको र यो सँगै आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ९ वटा गैंडाको मृत्यु हुन पुगेको छ ।
