बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका -९ निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
