रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत एक संक्रमित पुरुषको मृत्यु भएको हो।
अस्पतालका अनुसार असोज १२ गते पीसीआर परीक्षणमा कोरोना संक्रमित देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।
मृतक पुरुष सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा समस्या भएपछि १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालले बताएको छ ।
