प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी नयाँ ठाउँमा तोकियो भन्दैमा बुटवल क्षेत्रको विकासलाई चिन्ता नगर्न आग्रह गरेका छन्।
पुर्वप्रधानमन्त्रि एवं नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल नै ५ प्रदेशको अन्तिम राजधानीको रूपमा रहने कहिल्यै कहिँ नभएको बताएका छन्। देउवा प्रधानमन्त्री भएका बेला प्रदेशको अस्थायी राजधानी तोकिएको प्रसंग निकाल्दै उनले त्यसपछिका प्रदेशका जिल्ला भ्रमणमा देउवाले प्रदेशको स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभालाई नै भएको बताउने गरेको उल्लेख गरे। उनले त्यसबेला सभापति देउवाले बोलेका कुरा रेकर्ड सुरक्षित रहेको पनि बताए।
कांग्रेस सांसदले बुटवललाई नै प्रदेशको राजधानी बनाउनु पर्ने अडान राखेका छन्। प्रदेश सरकारले राजधानी दाङ देउखुरी राख्ने प्रस्ताव पेश गरेको छ, जुन प्रस्तावमाथि आज मतदान हुँदैछ।
