चितवनमा भरतपुर महानगरपालिका–१३ मा बाघको आक्रमणबाट ६३ वर्षे जन्हू महतोको ज्यान गएको छ ।
स्थानीय सामुदायिक वनमा घाँस काट्न गएका उनलाई बिहान ११ बजेतिर बाघले आक्रमण गरेको र आफूहरुले पौने १२ बजेतिर घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
