नेपालमा पछिल्लो २४ घण्टामा १२०७ जना नयाँ संक्रमित थपिएका छन्। १० हजार १९ जना मा गरिएको परिक्षण मा नयाँ संक्रमित थपिएका नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय को नियमित प्रेस ब्रिफिंग का क्रममा मन्त्रालय का प्रबक्ता प्राडा जागेश्वोर गौतम ले जानकारी दिनु भएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा सक्रमित मुक्त भई डिस्चार्ज हुनेको संख्या ११४७ रहेको समेत प्रबक्ता ले जानकारी दिएका छन्। नेपालमा हालसम्म सक्रिय संक्रमित को संख्या १८ हजार ३४२१ जना रहेका छन् जसमा सस्थागत आइसोलेसन मा ७ हजार ८३३ र होम आइसोलेसन मा १० हजार ५०८ रहेको छ।
