स्याङ्जामा पहिरोले पुरिएर ज्यान गुमाएका एकै परिवारका ९ जनाको स्याङ्जा र पाल्पाको संगमस्थल कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको छ ।
नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपाली सँगै एउटै चितामा राखेर दागबत्ती दिइएको हो । सबै जना मृतक एकै घरका भएकाले दागबत्ती दिने परिवार भित्रैको कोही पनि नभएपछि आफन्त १ जना ले सबै जनालाई दागबत्ती दिएका हुन्।
पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
photo by-nayapatrika

