स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको मृत्यु भएको हो ।
गए राति २ बजे कालिगण्डकी–४ मा खसेको पहिरोले दुईवटा घर पुरेको हो ।कालिगण्डकी-४ गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ र उनको शव प्रहरीले उनको शव निकालेको छ ।
वालिङ नगरपालिका–१४ मा बिहान साढे ५ बजे खसेको पहिरोले पुरिएको घरबाट ७ जनाको शव प्रहरी ले निकालेको । अर्का १ जनालाई जिवित उद्धार गरेको, पुरिएका २ जना पुरिएको र उद्धार कार्य भईरहेको , १ जनालाई जिवित उद्धार गरेको र उद्धार कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।
जिवितै उद्धार गरिएकी वर्ष १६ की मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखराको लागि रिफर गरिएको छ । मृत्यु हुनेमा हालसम्म सनाखत भएका उमाकला नेपाली, माया नेपाली, दिपक नेपाली, सानी नेपाली र विवश नेपाली रहेका छन।
