वीर अस्पतालले केन्द्रीय कारागारका थुनुवा रामलखन जैसवाको आखा निकालेको ,किडनि निकालेको वा हत्या गरेको जस्ता समाचार आइरहेको छन् यसै बिचमा वीर अस्पताल ले भने जैसवाल लाइ इमरजेन्सीमा ल्याएलगत्तै परीक्षण गर्दा मृत भेटिएको जनाएको छ। अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चिकित्सकले परीक्षण गर्दा जैसवाल जिवित रहेको कुनै पनि चिन्ह नदेखिएकोले मृत घोषित गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा मृतकको असोज ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको जनाइएको छ । विगत ३ दिनदेखि मृतकको शव, शव गृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भैसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किनु शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा हुने सामान्य प्रक्रिया भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएको छ नबुझि केही संचार माद्यम हरुले आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक समाचारहरु सम्प्रेषण भएको र उक्त समाचारमा यथार्थता नभएको जानकारी दिइएको छ।

