/fi6«klt e08f/L – ;Daf]wg /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ hg;ªVof tyf jftfj/0f dGqfnon] ljZj jftfj/0f lbj;sf] cj;/df cfof]hgf u/]sf] ljz]if ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
नेपालको संविधान दिवसको असोज ३ को अवसरमा विभिन्न देशका सरकार र राष्ट्र प्रमुखले नेपाललाई शुभकामना संदेश दिएका छ।नेपालको संबिधान २०७२ असोज ३ भएको हुनाले नेपालले प्रत्यक बर्ष को असोज ३ लाई संबिधान दिवस को रुपमा मनाउदै आएको । रास्ट्रीय दिवस संबिधान दिवसका अवसरमा अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति ट्रम्पको शुभकामना सन्देश राष्ट्रपति भण्डारीले आइतबार प्राप्त गरेकी छन्। पत्रमा ट्रम्पले राष्ट्रपति भण्डारी र नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन्।राष्ट्रिय दिवसका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि राष्ट्रपति भण्डारीलाई बधाई सन्देश पठाएका छन्।चीन-नेपाल सम्बन्ध विकासबारे आफूले उच्च ध्यान दिएको सीले बताएका छन्।चीन-नेपाल सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुई देशका जनतालाई थप फाइदा पुर्याउने आफ्नो इच्छा रहेको सी ले उल्लेख गरेका छन्।
आफ्नो सन्देशमा सी चिनफिङ्ले गत वर्ष आफू र राष्ट्रपति भण्डारीले एकअर्काको मुलुकमा गरेको भ्रमणबाट दौत्य सम्बन्धलाई थप उकासिएको उल्लेख गरेका छन्। यस वर्ष दुई देशले मिलेर कोरोनाभाइरसको महामारीविरूद्ध लडेको उल्लेख गर्दै सीले यसबाट दुई देशको सम्बन्ध अझ सुदृढ तथा गहिरो भएको बताएका छन्।
