चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ ।कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
२६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो ।
