बिहिबार कोरोना का ३२ नयाँ संक्रमित चीनको मेनल्याण्डमा भेटिएका छन् ।चिनियाँ स्वास्थ्य अधिकारले शुक्रबार दिएको जानकारीमा भेटिएका नयाँ संक्रमितको संख्या एक महिनापछिको सबैभन्दा धेरै भएको बताएको छ । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ९ नयाँ संक्रमित भेटिएका थिए।
तुलनात्मक रुपमा यो संख्या रुपमा कम नै हो तर पनि अगस्ट १० पछिको सबैभन्दा धेरै संख्या यहि हो ।
नेशनल हेल्थ कमिशनले एक वक्तव्य जारी गर्दै भेटिएका सबै नयाँ संक्रमित बाहिरबाट आएको जानकारी दिएको छ। संक्रमितमध्ये १३ जना उत्तर-पश्चिम सान्क्सी प्रान्तका हुन् भने १२ जना साङ्घाइका हुन्।
चीनको मेनल्याण्डमा अगस्टको मध्यदेखि नै स्थानीय संक्रमित छैनन् ।
साङ्घाइको सरकारले शुक्रबार १२ मध्ये ९ चिनिया नागरिक नयाँ बिरामी सेप्टेम्बर १६ मा विमानमार्फत् मनिलाबाट साङ्घाई यात्रा गरेको बताएको छ।
साङ्घाइले विमानको नाम भने खुलाएको छैन । यद्यपि, एउटा नयाँ विज्ञप्ति जारी गर्दै साङ्घाईले मनिला–साङ्घाई यात्रा गर्ने दुईवटा फ्लाइट कोरोना को जोखिमका कारण रद्द गरेको जानकारी दिएको छ ।
