१८ भदौ, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् ।
सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको छ । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
रातको समयमा खोला बेसरी उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन अहिले सम्म हुन सकेको छैन’,प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले भने, उद्दारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको छ ।’
खोला उर्लियर आयको बाढिको कारण एक दर्जनौ मानिस बेपत्ता भएको र एक जनाको शव समेत फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले च्छोरोल्पा अन्लाइन खबरलाइ जनकरी दिएको छन । राति नै घटनास्थलमा नेपाली सेना,प्रहरी र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिएको छन । घटनाको बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जादै हुनु हुन्छ ।
ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो पनि खसेर गाउँमा क्षति पुर्याएको छ एक इस्थनिए बताउछ्न ।
लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् ।
लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन् ।
सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।
