समाचार

बागलुङ ढोरपाटनमा बेपत्ता मध्ये ३६ जनाकोे परिचय खुल्यो, खोजीकार्य जारी

[mashshare]

छोटेलाल याद्ब [कानु]

भदौ १८– बागलुङ ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राती आएको बाढीपहिरोमा परी हराएकाहरुको खोजी कार्य जारी छ । प्रहरीका अनुसार हालसम्म १३ जनाको शव फेला परेको छभने ३६ हराएका ३६ जनाको परिचय खुलेको छ । हराईरहेका ४१ मध्ये केहीको परिचयनै खुलेको छैन् । ४ जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ । उनिहरुको उपचार भैरहेको छ ।
हालसम्म बेपत्ता भएकाहरुको नामावली-
१. ढोरपाटन नगरपालिका– ९ द्वाल बस्ने बर्ष २०।२२ क जीवन बिक ।
२. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष २३।२४ क नारायण बिक ।
३. ढोरपाटन नगरपालिका– ९ बस्ने नारायण बककी श्रीमती बर्ष २०।२१ का टेकमाया बिक ।
४. नारायण बिककी छोरी बर्ष १ की नाम नखुलेकी बालिका ।
५. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष १५।१६ कि मनिषा बिक ।
६. ढोरपाटन नगरपालिका– ९ घट्टेचौर बस्ने बर्ष २८ कि शनि बिक ।
७. शनि बिकका छोरा बर्ष ९।१० को रोशन बिक ।
८. उनकै छोरा बर्ष ४।५ को रवि बिक ।
९. नाम नखुलेका १५ दिनका वच्चा १ जना ।
१०. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष २५।२६ कि मन कुमारी बि।क। ।
११. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष २५।२६ कि केशमाया बिक ९ शव फेला परेको ० ।
१२. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष २९।३० को प्रेम पुन ।
१३. ढोरपाटन नगरपालिका– ९ बस्ने भुसुन्डे बस्ने बर्ष २०।३० कि कुमारी बिक ।
१४. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष १४।१५ का समुन्द्र बिक ।
१५. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष १०।१२ कि पुनम बिक ।
१६. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष ३०।३१ का जीत बहादुर घर्ती ।
१७. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष ४३।४४ का राजु घर्ती ।
१८. ढोरपाटन नगरपालिका– ९ घट्टेबोट बस्ने बर्ष ३५।३६ कि करमती बुढा ।
१९. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।
२०. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष २०।२२ कि दिलमया पुन ।
२१. निजको छोरी बर्ष ३।४ कि प्रकृति पुन ।
२२. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष ६०।६१ कि डोटी पुन ।
२३. ढोरपाटन नगरपालिका– ९ सानो कुगु बस्ने बर्ष ३५।३६ की हेम बहादुर बिक ।
२४. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष ३४।३५ कि उजेली बिक ।
२५. ढोरपाटन नगरपालिका– ९ बस्ने छोरा बर्ष ८।९ का दलु बिक ।
२६. ढोरपाटन नगरपालिका– ९ बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको ।
२७. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष ४०।४१ का कर बहादुर बिक ।
२८. ढोरपाटन नगरपालिका– ९ बस्ने श्रीमती बर्ष ३७।३८ कि हस्तमाया बिक ।
२९. ढोरपाटन नगरपालिका– ९ दुनेपधेरा बस्ने बर्ष ६०।६५ कि तुलमती घर्ती ।
३०. ढोरपाटन नगरपालिका– ९ लाकुरी बोट बस्ने बर्ष ५५।५६ कि कौशिला पुन ।
३१. निजको छोरा बर्ष २०।२१ का विशाल पुन ।
३२. ढोरपाटन नगरपालिका– ९ पावरहाउस बस्ने बर्ष २५।२६ कि धनमाया बिक ।
३३. निजको छोरा बर्ष २।३ को नाम नखूलेको बालक ।
३४. ढोरपाटन नगरपालिका– ९ सुप्राङ बस्ने बर्ष नखुलेको बिरे बिक का श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार ।
३५. जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका बर्ष २४।२५ को नबिन भण्डारी ।
३६. जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र बर्ष नखुलेका अन्य ३ जना ।
प्रहरीले हाल सम्म फेला पारेको शबहरू
१. ढोरपाटन नपा– ३ भुजिखोला किनारमा अन्दाजी ३०र३२ बर्षको पुरुष ब्यक्तीको कम्मर भन्दा माथिको भाग मात्र फेला परेको ।
२. ढोनपा ५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा बर्ष अन्दाजी ३०।३५ को पुरूष व्यक्ति शव फेला परेको ।
३. बडिगार्ड गा.पा. ५ बालुवा स्थितमा बर्ष अन्दाजी ४० को महिलाको शव फेला परेको ।
४. बडिगार्ड गा.पा. ५ बालुवा स्थितमा महिलाको बाया खुट्टा मात्र फेला परेको ।
५. बडिगार्ड गा.पा. ७ खोप्चेमा बर्ष अन्दाजी १२।१३ को बालकको शव फेला परेको ।
६. ढोरपाटन न.पा. २ चुरेलाबासमा बर्ष २०।२२ को महिलाको शव भेटिएको ।
७. ढोरपाटन न.पा.५ पेङखोला स्थितमा बर्ष अन्दाजी १२।१५ की बालिका मृत अबस्थामा फेला परेकी ।
८. गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ५ झक्कले स्थित बडिगार्ड खोलाको बिच बगरमा बर्ष अन्दाजी ३५।४० को महिलाको शव फेला परेको ।
९. बागलुङ, ढोरपाटन १ बुर्तिबाङ स्थित बडिगार्ड खोलामा बर्ष अन्दाजी १२।१३ को बालकको शव फेला परेको ।
१०. गुल्मी जिल्लाको मुसिकोट नगरपालिका २ वामी चित्रिङ स्थित बडिगार्ड खोलाको बिच बगरमा बर्ष अ। २५।३० को महिलाको शव टाउको र दाहिने हात नभएको अवस्थामा फेला परेको ।
११. गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका ८ तिनसिमलस्थित बडिगार्ड खोलाको किनारमा टाउको फुटेको ढुङ्गाले च्यापिएको अवस्थामा अन्दाजी २ बर्ष जतिको बालकको शव देखिएको ।
१२. बागलुङ ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने बर्ष २६ कि केशमाया बिक घर नजिकै खोला किनारमा शव भेटिएको ।
१३ बेपत्ता मध्येका अर्का एक जनाको शव भेटिएको ।
भेटिएका शव मध्ये एक जनाको मात्रै सनाखत भएको ।

 घाईतेहरू
१. जिल्ला बागलुङ ढोरपाटन न.पा. ९ दुनेपोखरा बस्ने बर्ष १५ को महेन्द्र पुन शरीरमा र टाउकोमा चोट अबस्था गम्भिर ।
२. सोही ठाउँ बस्ने बर्ष २८ की सरीता घर्ती दुबै खुट्टामा चोट अबस्था मध्यम ।
३. सोही बस्ने बर्ष ४२ को धर्मेन्द्र पुन दुबै खुट्टामा चोट अबस्था मध्यम ।
४. सोही ठाउँ बस्ने बर्ष ५४ की बेलमती पुन दुबै हातमा चोट अबस्था सामान्य ।
कुल बेपत्ता मानिस ४१ जना, ३१ घर भत्केको, १ लाकुरीबोट स्वास्थ्यचौकी को भवन १ , जनचेतना प्रा।वि। को ४ कोठे भवन १, सरस्वती प्रा।वि को २ कोठे भवन १ , भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा बगाएको , अन्य गाई बस्तु घर तथा सवारी साधनको बिबरण आऊन बाँकी रहेको । १३ शवमध्ये १२ को सनाखत नभएको ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close