काभ्रे । “अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस” को अवसरमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा प्रधान सेनापति महारथी Ashok Raj Sigdel ले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा वीरगति प्राप्त गरेका दुई सैनिकका परिवारलाई सम्मान पत्र प्रदान गरेका छन्। साथै शान्ति कार्य मिसनमा उत्कृष्ट योगदान पुर्याउने पाँच सैनिकलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको छ।

नेपाली सेनाले सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा निरन्तर योगदान दिँदै आएको छ। हाल नेपालका ४ हजार १७९ जना शान्ति सैनिक विभिन्न मिसनमा खटिएका छन्।

नेपाली सेनाका अनुसार शान्ति स्थापना, द्वन्द्व प्रभावित क्षेत्रमा स्थायित्व कायम गर्न तथा विश्व शान्तिको प्रवर्द्धनमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। सोही योगदानका कारण नेपाल विश्वकै अग्रणी शान्ति सैनिक योगदानकर्ता राष्ट्रमध्ये एकका रूपमा स्थापित भएको छ।
कार्यक्रममा शान्ति मिसनमा कार्यरत तथा पूर्व शान्ति सैनिकहरूको योगदानको समेत उच्च मूल्याङ्कन गरिएको थियो।
