देशका लागि खटिने राष्ट्रका सपुतहरूको तलब वृद्धि गरियोस्
काठमाडौं ।
हालको विपद् व्यवस्थापन र उद्धार कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मीहरू र उद्धार टोलीप्रति राष्ट्रिय स्वतन्त्र अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले सम्मान प्रकट गरेका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत लेख्दै भने यो राष्ट्रका असली हिरोहरूलाई मेरो सलाम। यदि यो अन्तरिम सरकारले सक्छ भने देशका लागि रातदिन खटिने राष्ट्रका सपुतहरूको तलब वृद्धि गरियोस्।”
उनले थप भने,
कामै नगरी राजनैतिक पार्टीको ट्रेड युनियन खोलेर भत्ता खाने केही सरकारी कर्मचारीहरूलाई जागिरबाट हटाइयोस् र तलब रोक्का गरियोस्।”
शाहीले हालका उद्धार र राहत कार्यमा देखिएको सुरक्षाकर्मीको समर्पणलाई राष्ट्रका लागि निःस्वार्थ सेवा को उदाहरणका रूपमा प्रशंसा गरेका छन्।
उनीका अनुसार, “विपद्का बेला देशका लागि ज्यान जोखिममा राख्ने सुरक्षाकर्मी, उद्धारकर्मी र प्राविधिक जनशक्तिको सम्मान र सुविधा वृद्धि गर्न सकिए मात्र राज्यको हैसियत देखिन्छ।”
छोरोल्पा खबर |
