इलाम बाढी–पहिरो पीडितका लागि तात्काल राहत र सहयोगको अपिल
दसैंको समयमा लगातार वर्षाका कारण इलाममा ठूलो जनधनको क्षति भएको छ।
हालसम्म ३७ जनाको मृत्यु, सयौं विस्थापित, दर्जनौं घरहरू ध्वस्त र पुल–सडक लगायतका संरचनामा करोडौंको क्षति पुगेको खबर दुःखद छ।
इलाम विकास समाज, नेपाल
नेपाल सरकारसँग तात्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दै,
देश–विदेशमा रहेका इलामे दाजुभाइ–दिदीबहिनीहरू र इलामलाई माया गर्ने सबै नेपालीहरूलाई उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न हार्दिक अपिल गर्दछ।
संकटको यस घडीमा
हामी सबै मिलेर पीडित परिवारहरूको साथमा रहौं। सहानुभूति, सहयोग र एकता नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो
📞 थप जानकारीका लागि:
राधेश्याम लेकाली, अध्यक्ष – ९८५१०५९३५४
अर्जुन भट्टराई, सचिव – ९८५१२२६९२५
इलाम विकास समाज, नेपाल, काठमाडौं
