Home > मुख्य समाचार > पिसिआर जाँचगर्न सरकारी अस्पतालबाटै रकम उठाउने ४ कर्मचारी निलम्बित

पिसिआर जाँचगर्न सरकारी अस्पतालबाटै रकम उठाउने ४ कर्मचारी निलम्बित

जेठ २०काठमाण्डाै- सरकारी अस्पताल परिसरबाटै कोरोना जाँचका लागि स्वाव संकलन गरी पिसिआर परीक्षण गर्न सर्वसाधारणसँग रकम उठाउने चार जना अस्पतालको कर्मचारी निलम्बनमा परेका छन् ।

छिटो पिसिआर परीक्षण गरिदिने भन्दै अस्पताल परिसर बाटै रकम उठाउने तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चार कर्मचारीलाई उपचार केन्द्रले निलम्बन गरेको हो । केन्द्रमा कार्यरत सुधन पन्त, आनन्दप्रसाद ढुङ्गाना, विधान तिमिल्सिना र मदन श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गर्दै कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म उनीहरुलाई निलम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ ।

‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीसहितको टोलिले उनिहरुलाई अनुगमनका क्रममा गत बुधबार अस्पताल परिसरमा पैसा उठाउदै गर्दा फेला पारेको थियो । सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भन्दै सर्वसाधारणलाई डर त्रास देखाउदै सर्वसाधारण बाट पैसा उठाइरहेको अवस्थामा अस्पतालकै कर्मचारीहरुलाई आफुहरुले फेला पारेपछि प्रहरी प्रशासनको जिम्मा लगाएको अभियन्ता ज्ञानेन्द्र शाहीले च्छोरोल्पा अनलाइन खबरलाइ बताउनु भएयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *