२०७८ जेठ २० गते (बिहिबार)-मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,
मौसम विश्लेषण-
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation) सामान्य प्रभाव छ ।
हाल मौसमको अवस्था :
हाल लुम्बिनी प्रदेशका थोरै भू-भागका साथै देशका पहाडी भू-भागमा आंशिक रहेको छ। बाकी भू-भागमा सामान्यतया सफा रहेको छ।
दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
copy-नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति: २०७८–०२–२० विहान ६:०० बजे)