शिब बहादुर बुढाथोकी ।
दोलखा
२२ जेठ २०७८ ,शनिवार शैलुङ गाउँपालिका–८ भैसेमा रामकृष्ण कार्की झुन्डिएको अवस्थामा फेला परेको छन् ।
घाँस काट्न भनेर अघिलो दिन बेलुका घरबाट निक्लिएको घरमा नाएपछि खोजिकार्य गर्दा घरमुनिको रुखमा झुण्डिएकी अवस्था फेला परेका हुन् । कार्की घरबाट निस्किएको तर विहान अबेरसम्म घरमा नआएपछि परिवारका सदस्यले उनलाई झुन्डिएको अवस्थामा देखेका थिए ।
झुन्डिएको अवस्थामा शव देखेपछि परिवारले बिहान करिब ११ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का उठाई शवलाई यतिबेला पोष्ट मार्टमको लागि चरिकोट अस्पताल पुर्याएको छ ।कार्कीले आत्महत्याको गलत बाटो रोजेको हुन सक्ने आशंका भइरहेको स्रोतले बताएको छ। घटनाबारे थप अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले बताएको छ।