Home > मुख्य समाचार > महानगरले लगाएको अनावश्यक कर खारेज गर्छु :जगन्नाथ पौडेल

महानगरले लगाएको अनावश्यक कर खारेज गर्छु :जगन्नाथ पौडेल

२० वैशाख, काठमाडौं ।भरतपुर नेपाली कांग्रेसबाट असन्तुष्ट भएपछि भरतपुर महानगरपालिकाको मेयर पदमा उमेदवारी दिएका जगन्नाथ पौडेलले स्थानीय सरकार आएपछि भरतपुर महानगरमा अनावश्यक करबाट जनता पीडित बनेको बताउनु भएको छ। गीतानगरको विपी चोकमा चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने,महानगरले उठाएको करबाट जनता आजित भइसके, यदि तपाईंहरुले यसपटक भुइँकटहरमा मतदान गरेर जिताएमा त्यस्ता अनावश्यक कर खारेज गर्छु, र जनताको हितमा काम गर्छु उहाले बताउनु भयो।

भरतपुर महानगरमा थोरै कर संकलन गरेरै पनि व्यवस्थित र सुशासनयुक्त बनाउन सकिने उनले बताउनु भएको छ। नेपाली कांग्रेसमा रहेर निष्ठाको राजनीति गर्दै आएको दाबी गर्नुहुदै पौडेलले‘भ्रष्टाचारमुक्त महानगर र सुशासनयुक्त महानगर बनाउन निष्ठाको राजनीति गर्ने मान्छेको अभाव छ ।’ पार्टीभित्र पनि सच्चा, इमानदार र निष्ठाको राजनीति गर्नुपर्छ भन्दा आममतदाताको मन दुखाएर आत्मसम्मानमा ठेस पु¥याएकोले रुखको ठाउँमा भुइँकटहर लिएर चुनाव लड्नु परेको उनले चुनावी सभामा बताउनु भएको छ। ‘हाम्रो आन्दोलन स्वाभिमानको आन्दोलन हो, हामीले कयौँ यातना सहेर पार्टी बचाएका छौँ । तर, आज हामीमाथि नै हँसी–मजाक भयो, जसले हाम्रो आत्मसम्मानमा ठेस पु¥यायो । त्यसैले, मैले उमेदवारी दिएँ’, उनले भने, ‘निष्ठाको राजनीति गर्न हाम्रा सबै नेता डराए, तर मलाई तपाईंहरुको माया, साथ र सहयोगले ऊर्जा दिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *