Home > समाचार > सुचना :खुल्ला प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ स्टल बुकिङ खुल्ला

सुचना :खुल्ला प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ स्टल बुकिङ खुल्ला

 खुल्ला प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ हुने भएको छ । भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत संगीत लुकेर बसेका काँठ क्षेत्र का संस्कृत सभ्यता संरक्षण तथा प्रर्वद्धन साथै काँठ क्षेत्र मा उत्पादित विभिन्न कृषि जन्य तथा अन्य सामाग्री को प्रदर्सन तथा बजारिकरण गर्ने उद्धेश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फाल्गुन १६ गते देखि २० गते सम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको एक कार्यक्रमका बिच जानकारी दिइएको छ ।
“काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नारा लिएर महोत्वसको गर्न लागिएको महोत्सव ब्यबस्थापक श्रबण कुमार मिश्र ले जानकारी दिनुभयो । मेलापातमा झुन्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसेकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज सम्रग लोक सांगीतीक क्षेत्रले विर्सिएको छ, त्यसलाई विश्व सामु उजागर गराउने, गर्ने, काँठ क्षेत्रमा रहेको एतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाध्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगाएतको प्रवद्धन गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण प्रोत्साहन गर्ने तथा ति कुरालाई विश्व सामु उजागर गराउने उद्देश्य सहित प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ आयोजना गर्न लागिएको महोत्सव ब्यबस्थापक श्रबण मिश्र ले बताउनु भयो ।
टुडिखेलमा हुने कार्यक्रममा निःशुल्क प्रवेसको व्यवस्था गरिएको छ । फाल्गुण्न १६ गते देखि २० गते (पाँच दिन) सम्म चल्ने महोत्वस हरेक दिन बिहान १० बजे देखि साँझ ५ बजे सम्मको समय व्यवस्थापन गरिएको छ । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बजोड प्रस्तुति रहने छ । भने व्यपारा प्रवद्धनका लागि १ सय भन्दा बढि स्टलको व्यवस्था गरिएको छ भने आफ्नो ब्यबसाय प्रबर्द्धन गर्न इक्छुक ब्यबसायी हरु लाई २०७६ माघ १२ गते देखि स्टल बुकिङ खुल्ला गरिएको मन्च तथा स्टल संयोजक दिपक आचार्य ले बताउनु भयो । आफ्नो व्यापार प्रबर्द्धन गर्न चाहने ब्याबसायी ले
दिपक आचार्य ,९८४१०१९०५५

नमराज ढुंगाना ९८५१०३३४४५

श्रबण कुमार मिश्र ९८४१६६३१०८ मा सम्पर्क गर्नु हुन पनि अनुरोध गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *