मुख्य समाचारसमाचारसमाजसम्पादकीयसुचना

जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु,

नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस दुर्घटना

[mashshare]

मंसिर,१२ काठमाडौं । बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस जाजरकोटमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा आइतबार बिहान २ बजे बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् मृत्य हुनेमा दुई जना महिला, दुई जना पुरुष र एक जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेहरूको उद्दार कार्य अझै जारी रहेको उद्दारमा खटिएका एक प्रहरीले बताए ।

बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परकाे सडकमा दुर्घटनामा परेको हो । मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन।बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close