च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

मनोरन्जन मुख्य समाचार समाचार

बालबालिकाहरुलाई विद्यालय पठाएर मात्रै अभिभावकको भूमिका पूरा नहुने-मन्त्री मोक्तान

दोलखा शैलुङ गाउँपालिका वडा न- ८ शारादा माध्यमिक विद्यालयको ६३ औँ वार्षिक वार्षिक उत्सव तथा अभिभावक दिवस २०८०/११/०७ देखि सुरु भएको छ।१० गते सम्म विविध कार्यक्रमका साथ मनाइने वार्षिकोत्सवको एक विशेष समारोहका बीच बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाएर मात्रै अभिभावकको भूमिका पूरा नहुने भन्दै कुनै पनि विद्यालयको शैक्षिक विकासमा शिक्षक र विद्यार्थीका साथै अभिभावकको पनि उत्तिकै दायित्व हुने धारणा राख्नुभएको थियो ।उहाले प्रदेशका सेवाहरू लिन हेटौँडा पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सेवाकेन्द्र स्थापना गरी प्रभावकारी सेवा प्रदान गरिने उल्लेख गर्नुभयो । “जिल्लाजिल्लामा कार्यालय स्थापना गर्न स्रोतसाधनको अभावले सकिन्न।” उहाले भन्नुभयो ” तर चार पाँचवटा जिल्लाको बीचमा सेवा केन्द्र स्थापना गर्ने योजना चाहिँ बनेको छ ।”सानासाना कार्यक्रम प्रदेशले सञ्चालन नगर्ने उनले बताउनु भयो। उहाले बागमती प्रदेशको शिक्षा नीति केही दिनमा पारित हुने जानकारी दिदैं त्यसले शैक्षिक क्षेत्रको प्रगति हुने उल्लेख गर्नुभयो, “नीतिले शिक्षाको गुणस्तर सुधारमा जोड दिने र त्यसकालागि तीन तहबीचको समन्वयलाई प्रभावकारी बनाइने छ ।” उहाले भन्नुभयो।

वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन समारोहमा मंत्री मोक्तान्म ,राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, शैलुङ गाउँपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका प्रमुख हिराकुमार तमाङ लगायतले मन्तव्य ब्यक्त गरेका थिए। राजनीतिक कर्मी ,समाजसेवि ,जनप्रतिनिधि ,बिधालय ब्यबस्थापन समितिका पुर्व पधादिकारी एव बिबिध व्यक्तिहरुको उपस्थिति थियो / वार्षिकोत्सव कार्यक्रम अन्तर्न्गत सम्मान कार्यक्रम भलिबल, हाजिरी जवाफ तथा विविध सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमको प्रतिस्पर्धाहरु हुने विद्यालयका बताइएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *